७९ मंसिर १९ काठमाडौ ।
फ्रान्सेली लेखक डोमिनिक लापियरेको निधन भएको छ । उहाँ ९१ बर्षको हुनुहुन्थ्यो । उहाँका ’फ्रिडम एट मिडनाइट’ र ’सिटी अफ जोय’ जस्ता पुस्तक भारतमा सर्वाधिक बिक्री हुने पुस्तकमध्ये पर्दछन् । “९१ वर्षको उमेरमा बुढ्योली र सम्बन्धित रोगका कारण उहाँको निधन भएको छ, ” उहाँकी पत्नी डोमिनिक कोन्कोन–लापियरेले फ्रान्सेली पत्रिका वार–माटिनसँग आइतबार भन्नुभयो । जुलाई ३०, १९३१ मा चाटेलेलोनमा जन्मिएका लापियरेले अमेरिकी लेखक ल्यारी कोलिन्ससँग मिलेर लेखेका छ वटा पुस्तकको विश्वभर करिब ५ करोड प्रति बिक्री भएको थियो । सन् १९६५ मा प्रकाशित गैर–आख्यान यस पुस्तकमा नाजी जर्मनीले फ्रान्सेली राजधानीमा नियन्त्रण तथा आत्मसमर्पण गरेको र फ्रान्सिस फोर्ड कोपोला र गोर भिडालद्वारा रजत पर्दाको लागि अनुकूलित गरिएका अगस्त १९४४ सम्मका घटनाहरूको वर्णन गरिएको छ । सन् १९८५ मा कोलकाताका एक रिक्सा चालकले भोग्नुपरेको पीडाबारे लेखिएको उहाँको उपन्यास ‘सिटी अफ जोय’ भारतमा उहाँको सर्बाधिक पढिएको कृति हो । यसै कथामा सन् १९९२ मा प्याट्रिक स्वेज अभिनित र रोलान्ड जोफद्वारा निर्देशित एक चलचित्र रिलिज भएको थियो । लापियरेले आफ्नो रोयल्टीको ठूलो हिस्सा ‘सिटी अफ जोय’ बाट भारतमा मानवीय परियोजनाहरूमा सहयोग गर्न दान गर्नुभएको थियो ।