१८ मंसिर, राेल्पा ।

रोल्पाका तीन सामुदायिक विद्यालयले स्कुल बस सञ्चालनमा ल्याएका छन् ।

परिवर्तन गाउँपालिका–५ मौलावोटको नेपाल राष्ट्रिय मा.वि., रोल्पा नगरपालिका–६ कोटगाउँको नेपाल मा.वि. र सदरमुकाम लिवाङको बालकल्याण मा.वि.ले स्कुल बस सञ्चालन गरेका हुन् । नेपाल मा.वि. कोटगाउँ, बालकल्याण मा.वि. लिवाङले १/१ वटा र नेपाल राष्ट्रिय मा.वि. मौलावोटले २ वटा बस सञ्चालनमा ल्याएका छन् ।

बस सेवा सुरु गरेपछि विद्यार्थीलाई आवतजावतमा सजिलो हुनुका साथै समय वचत भएको नेपाल राष्ट्रिय मा.वि. मौलावोटका प्रधानाध्यापक गोपाल केसीले बताए । बस सञ्चालन खर्च जुटाउन भने कठिन भएको उनको भनाइ छ ।