७९ मंसिर १५ काठमाडौ, नेपाल ।
अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनले बुधबार आफूलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको बताउनु भएको छ । ७६ वर्षीय क्लिन्टनले हल्का लक्षणहरू अनुभव गर्नुभएको तर घरमा आफूलाई व्यस्त राखेको ट्वीटमार्फत बताउनु भएको छ । खोप र बुस्टर मात्रासम्म लगाएका सबैलाई विशेष गरी जाडो मौसममा सर्तक रहन उहाँले आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।