२०७९ मंसिर १४ काठमाडौ, नेपाल ।

काठमाडौ सगै जोडिएको छिमेकी जिल्ला काभ्रेपलान्चोकमा ३मतले मात्रै प्रतिनिधि सभा सदस्यमा पराजय भोगेका घटना लाई सम्झना गर्दै जनसमाजवादी पार्टीले पार्टीको तारा चिन्हमा भोट हाल्ने सवै नेपाली मतदाता लाई हार्दिक धन्यवाद दिएको छ । काभ्रेमा एमाले बाट असन्तुष्ट भएका थुप्रै कार्याकर्ताले तारा चिन्हमा मतदान गरेका थिए।    निर्वाचनको मतगणना आउने क्रम करिबकरिब अन्तिम चरणमा रहेको बेला  नेपाललाई छिट्टै के कसरी आत्मनिर्भर,  समृद्धसाली देश  बनाउन सकिन्छ भनेर जनसमाजवादी पार्टीले स्टार मोडल कार्यक्रम ल्याएको पार्टी अध्यक्ष सुबास राज काफ्ले ले जानकारी दिनुभयो।

स्टार मोडल कार्यक्रम अन्तरगत रहेका केही मुख्य मुख्य बुदाहरू:-
काठमाडौ उपत्यका लाई कल्चरल सिटि बनाउने, देशभरी २१हजार कल्चरल सिटि बनाउने, पुर्वीय दर्शन सभ्यता नेपालमा सुरु गर्ने, २५सयको जिडिपी बनाउने , नेपालीको ५०हजार डलर परक्यापिटल आम्दानी पुर्याउने, नेपाली मौलिक सैलिको २१हजार आधुनिक बस्ती बनाउने, हरेक वडालाई समृद्ध बनाउने, हिमालय हाईवय बनाउने, हिमाली भेगमा ६०वटा सहर निर्माण गर्ने, अपि हिमाल देखि सवै हिमाल सम्म पर्यटन भित्र्याएर देशलाई विलियन्स डलर आम्दानी गराउने, पर्यटन दैनिक १लाख माथी भित्र्याउने र पर्यटन बाट मात्रै राज्यलाई ३सय खर्व डलर आम्दानी गराउने, ७करोड रोजगारी सृजना गर्ने, हरेक वडामा पाँच तारे होटल बनाउने, हरेक वडामा अन्तर्राष्ट्रिय स्थरको एउटा्  अस्पताल बनाउने, धान कोदो मकै, गहु, तरकारी, फलफुल, माछा मासु नेपालमै उत्पादन गर्ने र नेपाललाई आत्मनिर्भर राष्ट्र बनाउने, काम गर्ने लाई श्रमजीवी लाई प्रतिघन्टा श्रम न्युनतम १०डलर दिने, शिक्षा निसुक्ल गर्ने, देशमा हार्वड बिश्व बिद्यालय बनाउने, स्वास्थ्य उपचार निसुक्ल गर्ने, तराईमा १४लेन पहाडमा ४लेनको हिमाल-पहाड-तराई जोडन १लाख किलोमिटरको बाटो बनाउने,  हरेक वडामा कम्तीमा १५जना बैज्ञानिक उत्पादन गर्ने, वडा कार्यलयमै अदालत बनाउने,नेपाललाई इकोनोमिक जोन बनाउने, प्रत्येक नेपालीलाई अनिवार्य रोजगारी दिने, रोजगारी नदिए सम्म बेरोजगार भत्ता खान लाउन पुग्ने गरि न्युनतम पचास हजार भत्ता दिने। यी कार्यक्रम समेटिएको स्टार मोडल अभियानले नेपाल र नेपाली जनता लाई आत्मनिर्भर, स्वाभिमान , स्वाधीन, सुखी , समृद्द बनाउन आगोको झिल्को रुपमा काम गर्नेछ भन्नुहुन्छ जनसमाजवादी पार्टीका अध्यक्ष सुबास राज काफ्ले।

´कर्म गर फलको आश नगर` (गिता) अनि “विश्व सर्बहारा वर्गका महान गुरु मार्क्सले- ‘युवाहरू हो! जिते संसार छ, हारे केही पनि छैन’  भन्ने गरेको भनाइहरूलाई अनुसरण  गर्ने अध्यक्ष काफ्ले नेपाली श्रमजीवी बर्ग, किसान मजदुरहरुको नेत्ता हुन ।