७९ मंसिर १२ काठमाडौ ।

नेपालमा मंसिर ४ मा भएको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनको परिणाम आउने क्रम करिबकरिब अन्तिम चरणमा छ। राजनीति अत्यन्तै सकारात्मक अबस्थामा रहेको छ। पुजिबजार र राजनीति एकअर्का सग सम्बन्धित बिषय हुन। राजनीति राम्रो भएको अबस्थामा सेयर बजार बढने गर्छ । बिश्वभर हुने यही नै हो। तर नेपालमा ठिक उल्टो गति देखिएको छ। सेयर बजारका सिमित स्वार्थी समुहको बोलबाला र मनपरी गर्ने गतिविधि लाई पुजिबजारका निमायक निकायले नियन्त्रण गर्न सकेका छैन । जस्को परिणामस्वरूप साना लगानीकर्ताहरू कमाउने भन्दा गुमाउने धेरै छन ।
आज नेप्से १५.६१ अकंले घट्यो।  १ अर्व ४९ करोड माथिको सेयर कारोबार भएर १९५०.३७ बिन्दुमा आएर बजार बन्द भएको छ।