सम्पादकीय; “नारायण क्रान्ति”

निर्वाचनको अन्तिम परिणाम आउने समय नजिकिदै गर्दा  सेयर कारोबारीहरू सेयरमा लगानी गर्न केही मात्रामा उत्साहित भएको देखिन्छ । कारण नंया बन्ने सरकारले पुजिबजारका सुधारका नंया योजना र कार्यक्रम ल्याउने आसमा । उता पुजिबजार सुधारको लागि ज्यानको बाजि थापेर मर्न तयार हुने केही युवा अहिले प्रत्यक्ष निर्वाचन तर्फ निर्वाचित भएका छन । यी युवाले केही गर्न नसकेपनी संसदमा पुजिबजार बिरोधीहरूको भण्डाफोर गर्ने नै छन भन्ने कुरा आम सेयर लगानीकर्तामा केही आस पलाएको देखिन्छ ।

आज नेप्से ३२.४३ अकंले बड्यो । २ अर्व २ करोड माथिको सेयर कारोबार भएर १९६५.९८ बिन्दुमा पुगेर बजार बन्द भएको छ । सेयर बजारका लगानीकर्ताहरूले खर्वौ गुमाईसकेका छन । तर सेर बहादुर देउवा नेतृत्वको महा-गठबन्धन सरकार मौन छ अनि रमिते छ ।  सेयर लगानीकर्ताको घाटामा रमिते भएर बसेको स्पष्ट देखिन्छ भने पुजिबजारको प्रमुख निमायक निकाय भनिने राष्ट्र बैंकले सेयर बजार नेप्से घटाउने नीति नियम बनाएर रमिता हेरेर बसेको छ भन्छन् सेयर लगानीकर्ताहरू हेमन्त खवरका बजार प्रतिनिधि सग । 

सेयर कारोबार गर्ने सेयर लगानीकर्ताहरूलाई कम्युनिस्टको नमुना देश भनेर चिनिएको चीन र रुसमा अत्यन्तै संमान गरिन्छ । अमेरीका, भारत, बेलायत, अस्ट्रेलिया, नर्वे, कोरिया, जापान जस्ता बिकसित समृद्धसाली विशाल नमुना लायक देशमा सेयर बजार नेप्से बड्यो भने त्यहाँका राष्ट्र प्रमुखले प्रत्यक्ष रुपले बधाई नै दिने गर्छन् । सेयर लगानीकर्ताहरू सग खुसीनै साटासाट गर्छन । तर नेपालमा नेप्से बड्यो भने सेयर लगानीकर्ता लाई आतंकित पार्ने र निरुत्साहित पार्ने गतीबिधी निमायक निकाय देखि संसदमा प्रतिनिधित्व गर्ने संसद देखि नेत्ता सम्म लागेको सेयर लगानीकर्ताहरूको गुनासो रहेको छ।