बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार यादवले १३ हजार आठ सय २२ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी निकटतम नेकपा (माओवादी केन्द्र) का शिवचन्द्रप्रसाद कुशवाहाले १३ हजार चार सय ६८ मत प्राप्त गर्नुभएको छ । उहाँहरु बीच तीन सय ५४ मतान्तर रहेको छ । खरायो चिन्ह पाएका स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादव ११ हजार ४३ मत प्राप्त गरी तेस्रो हुनुभएको छ । बारा–२ मा जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाल पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, नेपाल सुसासन पार्टी र स्वतन्त्र गरी २१ जनाले उम्मेदवारी दिनुभएको थियो ।