स्याङ्जा–१ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापा विजयी हुनुभएको छ । आज सम्पन्न मतगणनाबाट थापाले नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद मरासिनीलाई पराजित गर्नुभएको छ । थापाले दुई हजार चार सय ५५ मतान्तरले मरासिनीलाई पराजित गर्नुभयो । थापाले ३१ हजार नौ सय ९९ मत पाउँदा उहाँका प्रतिस्पर्धी मरासिनीले २८ हजार सात सय ४४ मत प्राप्त गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मीले छ हजार ६५ मत प्राप्त गर्नुभएको हो । थापा र मरासिनीबीच तेस्रो पटक प्रतिस्पर्धा भएको हो । स्याङ्जा क्षेत्र नं. १ मा २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसका थापा विजयी हुनुभएको थियो । विसं २०७४ को निर्वाचनमा एमाले नेता मरासिनी विजयी हुनुभएको थियो । स्याङ्जा–१ (१) मा नेकपा एमालेका सुधीरकुमार पौडेल विजयी हुनुभएको छ । १ (२) मा नेकपा एमालेकै सीता सुन्दास विजयी हुनुभएको छ ।
स्याङ्जा–१ मा कांग्रेसका थापा विजयी