सङ्खुवासभाको प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र)का राजेन्द्र कार्की निर्वाचित हुनुभएको छ । उहाँ १३ हजार चार सय ३३ मत ल्याएर निर्वाचित हुनुभएको हो । सहायक निर्वाचन अधिकृत डा इन्द्र सापकोटाका अनुसार कार्की ३४ मतको अन्तरले विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का भविश्वर गुरुङले १३ हजार तीन सय ९९ मत ल्याउनु भएको छ । पाँच गाउँपालिका र एक नगरपालिका रहेको प्रदेशसभा (१) मा ३१ हजार पाँच सय चार मत खसेको थियो । सङ्खुवासभाको प्रतिनिधिसभा र प्रदेशसभा(२) को मतगणना जारी छ ।