२०७९ मंसिर ९ काठमाडौ,नेपाल ।

२०७९ सालको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको चुनावको मतदान सकिएर धमाधम मतगणना कार्य हुँदै गर्दा नेपालका पिएचडी डाक्टर रणबहादुर चन्द द्वारा मातृभूमी अभियान सक्रिय पार्दै छन ।

   नेपाल कृषिप्रधान देश हो । नेपालमा आधुनिक बैज्ञानिक पद्धतिले नेपाल सरकार र समाजका बुद्दिजिवी ब्यापारी उद्योगपतीहरू बौद्धिक समाजले कृषक लाई सहयोग र हौसला दिने हो भने नेपाली जनताले कृषि कार्य गरेर  खाद्यान्न, तरकारी, फलफूल नेपालमै उत्पादन गरेर नेपाल आत्मनिर्भर देश बन्न सक्ने बिषयमा कुनै दुईमत र दुबिधा  छैन ।  कृषि भनेको एउटा कला हो, विज्ञान हो । जसमा हामीले विभिन्न वस्तुहरूको उत्पादन गर्छाै । त्यसको लागि विभिन्न विधिहरूको आवश्यकता पर्दछ । कृषि एउटा महत्वपूर्ण विषय हो । जसको एकदमै महत्वपूर्ण भूमिका हुन्छ । जसविना बर्तमान अबस्थामा मानिसहरूको अस्तित्व हुन सक्दैन । मानिसलाई आफ्नो जीवन निर्वाह गर्नको लागि आवश्यक पर्ने खाद्य तत्व, पौष्टिक तत्व सम्पूर्ण हामीले कृषिको सहायताले उत्पादन गर्न सक्छौ । जस्तै : खाद्यतत्व, दुध, माछा, मासु आदी । यति सानो देशमा कृषि क्षेत्रमा यति धेरै सम्भाव्यताको देश विश्वमा नै एक हो । जहाँ उच्च हिमाली भेगमा पशुपालन पहाडी भेगमा फलफूल खेती र तराईमा खाद्यान्न उत्पादन हुन्छ । कृतिम तरिकाले बालीजन्य र पशुजन्य उत्पादन गर्नु भनेको कृषि हो । यो खेत वा बारीमा अन्न रोपी त्यसलाई गोडमेल गरेर उब्जाउने काम हो । पशुपालन, बालि उत्पादन, मत्स्य पालन र अन्य जीव जन्तुको पालन वा खेती यस अन्तर्गत पर्दछन् । नेपाली समाजलाई नियालेर हेर्ने हो भने सबै भन्दा भरपर्दाे पेशा कृषिलाई मान्न सकिन्छ । धेरै नेपालीको जिविकोपार्जनको बलियो आधार कृषि नै हो । मानव सभ्यताको विकासक्रम सँगै परम्परागत रुपमा खेतिपातिको शुरुवात भएको पाईन्छ । जीवन निर्वाह तथा जीवन सञ्चालनको निम्ति कृषि नभई नहुने कुरा हो । कृषि पेशा विश्वका अधिकांस मुलुकहरूले अप्नाएको पेशा हो । कतिपय मुलुकहरूले आधुनिकिकरणमा रुपान्तरण गरिसकेका छन् भने कतिपय अझै पनि परम्परागत तथा जीवन निर्वाहमुखी कृषि पेशा मै सिमित रहेका छन् । यसमा नेपाल देश र नेपालीहरू अनि नेपाल सरकार पर्दछ ।  नेपाल कृषिमा आधुनिकता तर्फ बढिरहे तापनि अझै पनि नेपालको अधिकांस क्षेत्रको त परम्परागत कृषि प्रणाली तथा जीवन निर्वाहमूखी रुपमै अगाडि बढिरहेको छ । कृषि नेपालको लागि मुख्य पेशा भएपनि यतिबेला यो देश वार्षिक रुपमा खाद्यान्न आयत गर्नु पर्ने अवस्थामा रहेको छ ।
जुन देशमा जल, जमीन, जङ्गल लगायतका प्राकृतिक सम्पत्तिहरू व्यक्तिको नाममा लालपुर्जा सहित सुनिश्चित गरिदिएको हुन्छ, त्यो देशको लोकतन्त्र र त्यहाँको व्यवस्था र अवस्था कस्तो चरित्रको हुन्छ भन्ने कुरा त्यसै अनुमान गर्न सकिन्छ ।

हिजोका गाउँघरका सामन्त, जमीनदार र शासक वर्ग शासन र राजनीतिमा फड्को मारेका छन् । भूमि बाँझो अवस्थामा छ । हिजो जुन जमीनले पेट पाल्थे, त्यो जमीनको मूल्य थिएन । आज जुन जमीनले पेट पाल्ने स्थिति छैन । त्यो जमीनको मूल्य लाखौं करोडौं भएको छ ।

साउदी, दुबई कत्तार जस्ता मरुभूमि भएका देशमा हरियाली भएर फुलहरू फुलिरहेका छन । तर नेपाल लाई प्रकृतिले नै अपार हावापानी र भूगोलले कृषि उत्पादनमा प्रसस्त संभावना दिएको छ । तर ज्ञान, सीप,  शिक्षाको अभाव, र सरकारको उचित सहयोग साथ समर्थन नपाएर लाखौं नेपाली युवायुवती आफ्नो गाउँघरमा भएको जग्गा जमीन बाझै राखेर मासिक बीस-तिस हजार कमाउन बिदेशीको काम गर्न बिदेश गईरहेका छन। यी सवै कृषि क्षेत्रका समस्या लाई समाधान गर्न नेपालका पिएचडी डाक्टर रणबहादुर चन्दले मातृभूमि अभियान अन्तरगत नेपालको ७७वटै जिल्ला केन्द्रीत मातृभूमी अभियान अन्तरगत नेपाल कृषिप्रधान देश भनेर चिनाउन धान, मकै, कोदो, गहुँ  लगाएत पशुपालन अन्तरगत गाई पालन, भैंसी पालन, माहुरी पालन, खसी बाख्रा पालन, माछा पालन गरेर नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग साथ समर्थन लिएर अगाडि बढन रणनीतिक कार्ययोजना तयार पारेका छन बिसाल प्रोजेक्ट तयार पारेका छन। यस्को लागी डाक्टर चन्दले ७७वटै जिल्लामा बाझै रहेका हजारौं हजार बिगाहा जमिनमा के कसरी असरदार र परिणाममुखी काम गर्न सकिन्छ भनेर  रोडम्याप तयार पारेका छन। रोडम्यापको थेसिस बुक समेत तयार गरीसकेका छन ।

      नेपालको भूगोल हावापानी मा सुहाउँदो तरिकाले बैज्ञानिक विधि र पद्धति बाट जडीबुटी उत्पादन र प्रसोधन अनि फलफुल खेती अन्तरगत जुनार, सुन्तला, आप, मेवा, कागती, अनार, निबुवा, उखु, स्याउ खेती, तरकारी खेती, मसला खेती गर्ने डाक्टर रण बहादुर चन्दको प्रमुख कार्यक्रम रहेको छ।

      यति बेला डाक्टर रणबहादुर चन्दले नेपाली जनतालाई कसरी धनी सुखी बनाउन सकिन्छ भनेर अध्यन अनुसन्धान गरिरहेका छन । डाक्टर चन्द एक समाज सेवी ब्यक्ति हुन । उनले नेपालको राजनीति, आर्थिक, सामाजिक  बिषयमा पिएचडी हासिल गरिसकेका छन । वहाँमा राजनीतिक ज्ञान अत्यन्तै राम्रो रहेको छ। बाकी निरन्तर फ्लो…..