बैतडी प्रदेशसभा (१) मा नेकपा (एमाले )का उम्मेदवार सुरेन्द्र पाल विजयी हुनुभएको छ । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीलाई एक हजार आठ सय १३ मतले पछि पार्दै पाल विजयी हुनुभएको हो । उहाँले १२ हजार आठ ३१ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी भण्डारीले ११ हजार १८ मत प्राप्त गर्नुभयो । तेस्रो स्थानमा रहनुभएका कांग्रेसका वीरबहादुर विष्टले १० हजार नौ सय ५३ मत ल्याउनुभयो । प्रदेशसभा (२) मा भने नेपाली कांग्रेसका शिवराज भट्ट विजयी भइसक्नुभएको छ ।