७९ मंसिर ७ काठमाडौ ।
पुजिबजार देशको आर्थिक अवस्थालाई चलायमान पार्ने एक महत्त्वपूर्ण औजार हो । पुजिबजार बाट देशलाई दैनिक करोडौं आम्दानी भैईरहेको छ। तर देशलाई दैनिक करोडौं आम्दानी दिने सेयर बजारका सेयर लगानीकर्ताहरूले खर्वौ गुमाईरहेका छन। यस्तो हुनाको मुख्य कारण सिमित बर्गले सेयर बजारको धेरै सेयर कित्ता कब्जा गरेर आफू अनुकूल कारोबार गर्नु रहेको देखिन्छ भने निमायक निकाय मौन रहेका छन । आज १ अर्व २करोड माथि सेयर कारोबार भयो भने नेप्से ७.७२ अकंले घटेर १९२१.९९ बिन्दुमा आएर बजार बन्द भएको छ।