६ मंसिर, राेल्पा ।

रोल्पा प्रतिनिधिसभा तथा प्रदेशसभातर्फका मतगणना जारी रहेको छ । जिल्लामा प्रतिनिधिसभातर्फ १५ हजार दुई सय ८६ मत गणना हुँदासम्म गठबन्धनका उम्मेदार नेकपा माओवादी केन्द्रका वर्षमान पुनले तेब्बर मतले अग्रता कायम राख्नुभएको छ ।

नेकपा माओवादी केन्द्रका नेता पुनले नौ हजार दुई सय ७७ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका उम्मेदवार पूर्ण बुढामगरले तीन हजार सात सय ४७ मत प्राप्त गर्नुभएको छ । प्रदेशसभा १ मा १२ हजार आठ सय ६२ मत गणना हुँदा गठबन्धनका उम्मेदार नेकपा माओवादी केन्द्रका जोखबहादुर महराले सात हजार नौ सय ३३ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका कमलबहादुर बुढाथोकीले दुई हजार सात सय ४३ मत प्राप्त गर्नुभएको छ ।
प्रदेशसभा २ मा ११ हजार नौ सय २१ मत गणना हुँदा स्वतन्त्र तर्फका उम्मेदवार दीपेन्द्रकुमार पुनले चार हजार छ सय २३ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका उम्मेदवार कांग्रेसका अमरसिंह पुनले तीन हजार आठ सय चार मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका प्रेमबहादुर घर्तिमगरले दुई हजार पाँच सय ८८ मत प्राप्त गर्नुभएको छ ।