७९ मंसिर १ काठमाडौ ।
यतिबेला नेपाल पुरै चुनावीमय भएको छ। सवै राजनीतिक दलहरू आआफ्नो भावी योजना कार्यक्रम लिएर जनता माझ भोट माग्दैछ्न। यसै सन्दर्भमा चुनावी अभियानमा एउटा् चाखलाग्दो बिषय जनता माझ प्रचारमा आएको छ। त्यो हो सुबास राज काफ्ले अध्यक्ष रहेको जनसमाजवादी पार्टी नेपाल, को तारा चिन्ह । तारा चिन्ह चुनावमा प्रचार हुँदै आएको पुरानो लोकप्रिय चिन्ह हो।
जनसमाजवादी पार्टीको भावी मुख्य मुख्य कार्यक्रम यस प्रकार छन;- नेपालको जनसंख्या भन्दा झण्डै दोब्बर सात करोड रोजगारी सृजना गर्ने, नेपालीको परक्यापिटल आम्दानी पचास हजार डलर पुर्याउने, प्रत्येक नेपाली लाई खाना लाउन पुग्ने गरि पारिश्रमिक सहितको रोजगारीको ग्यारेन्टी, तराईमा १४ लेन र पहाडमा ४ लेनका बाटो बनाउने, हिमाल तराई जोडने रेलमार्ग बनाउने, शिक्षा स्वास्थ सवै नेपाली लाई निसुक्ल दिने,
प्रत्येक वडामा एउटा एउटा अन्तर्राष्ट्रिय स्थरको होटेल र अस्पताल बनाउने, मंगलग्रहमा नेपालीको मानव बस्ती बसाउने सम्मको योजना रहेको छ। जनसमाजवादी पार्टीले यस्लाई स्टार मोडल अभियान भनेको छ।