२९ कार्तिक, सिन्धुपाल्चोक ।
वर्षाका कारण अवरुद्ध मेलम्चीको पानी काठमाडौँ पुनः पठाउनका लागि लागि कार्यहरु सुरु गरिएको छ । गत जेठ महिनामा वर्षायाम सुरु हुने र यसले सुरुङमा क्षति पुर्याउनसक्ने भन्दै बन्द गरिएको थियो । उत्त सुरुङ हालसम्म सञ्चालन गरिएको थिएन ।
यस वर्ष भारी बर्षा भएतापनि मेलम्ची खानेपानी आयोजनाको सुरुङमा अधिक क्षति नभए पनि आयोजना स्थलसम्म पुग्ने सडक अधिकांश ठाउँमा बिग्रिएको थियो । सो सडक निर्माणको काम अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले बताए।
भोलिदेखि सुरुङ खोतल्ने र सफा गर्ने कार्य सुरु हुने उनको भनाइ छ । सुरुङभित्र क्षति नभएको, सुरुङ बाहिर पनि गत सालभन्दा आधा मात्र सरसफाइ गर्नुपर्ने देखिएको कुँवरले जानकारी दिए ।