७९ कात्तिक १६ काठमाडौ ।
मोहन वैद्य (किरण) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीले आगामी मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिदै गर्दा निर्वाचन बहिष्कार कार्यक्रम गर्दै आएको छ । निर्वाचन बहिष्कार अन्तरगत नारा, जूलूस, कोणसभा, वालपेन्टीङ्ग, पोस्टरिङ्ग, जस्ता कार्यक्रम संचालन गरिरहेको छ ।बहिष्कार कार्यक्रम काभ्रेपलान्चोक जिल्लाका विभिन्न भागमा पनि वैद्य माओवादीले चलाएको छ।
निर्वाचन बहिष्कार गतिविधि गरेको भन्दै काभ्रेपलान्चोक जिल्ला प्रहरीले क्रान्तिकारी माओवादीका पार्टी सदस्य गुञ्जमान तामाङ र ज्ञानबहादुर लामा लाई पक्राउ गरेको थियो भने पक्राउ परेका पार्टीका नेत्ता कार्यकर्तालाई तुरुन्तै रिहाई गर्न आग्रह गर्दै रिहाई नगरे प्रतिरोध संघर्षका कार्यक्रम संचालन गर्ने प्रेस बक्तब्य मार्फत बैद्य माओवादीले जनाएको छ।
